
सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदलले संघ र प्रदेशको सिट बाँडफाँटको संख्याका साथै निर्वाचन क्षेत्रको पनि एकैसाथ टुङ्गो लगाउने तयारी गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठकमा गठबन्धन दलले पाउने सिट संख्याका साथै निर्वाचन क्षेत्रको बाँडफाँटका बिषयमा पनि छलफल भएको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । न्यायोचित, सम्मानजनक र सवैले जितेको भावनाका साथ सिट बाँडफाँटले अन्तिम रुप पाउने उहाले बताउनुभयो ।
दुई दिन कार्यदलमा सिट बाँडफाँटका बारेमा छलफल गरेर निष्कर्षमा पुगिने र शिर्ष तहलाई जानकारी गराउने कार्कीको भनाई छ । उहाले गठबन्धनले गरेको निर्णयलाई जनताले अनुमोदन गर्ने र निर्वाचनपछि मुलुक अर्को चरणमा प्रवेश गर्ने जिकिर गर्नुभयो ।
सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले आ–आफ्नो दावीबाट पछि नहट्दा सिट बाँडफाँटको विषयमा सहमति जुट्न सकेको छैन ।