अनाधिकृत वस्ती हटाउनुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौंको बागमती सभ्यता संरक्षण गर्न अनाधिकृत वस्ती हटाउनुपर्ने भन्दै उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले हस्ताक्षर अभियान सुरु गरेको छ ।

सुकुम्वासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकाले नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने र विश्वास सम्पदा सूचीमा रहेको पर्यटकीय नगरी काठमाडौंको सभ्यता संरक्षण गर्न अनाधिकृत वस्ती हटाउनुपर्ने भन्दै समितिले काठमाडौंको बसन्तपुरबाट हस्ताक्षर अभियान सुरु गरेको हो ।

समितिले सही सुकुम्वासी पहिचान गरि उचित व्यवस्थापन गर्नुपर्ने र नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने माग राखेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्