बागमती प्रदेशमा ३३ दलको जमानत जफत, कुन प्रदेशमा कति ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ मंसिर । बागमती प्रदेशसभामा ३३ वटा राजनीतिक दलको जमानत जफत भएको छ । प्रदेशसभामा समानुपातिकतर्फ कम्तीमा एक सिट ल्याउन नसक्ने दलको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेशमा १ मा ३० वटा राजनीतिक दलको जमानत जफत भएको छ । मधेश प्रदेशमा २६, गण्डकीमा २४ वटा दलले जमानत रकम फिर्ता  पाएनन् । आयोगका अनुसार लुम्बिनी प्रदेश कर्णालीमा २२/ २२ वटा दलको जमानत जफत भएको छ ।

सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको जमानत जफत भएको आयोगले जनाएको छ । यस्तै, प्रतिनिधिसभातर्फ समानुपातिकमा ४० वटा राजनीतिक दलको जमानत जफत भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्