काठमाडौं महानगरपालिकाअन्तर्गतका सबै कार्यालय आज बन्द

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ मंसिर । काठमाडौं महानगरपालिकाले विभिन्न कार्यक्रम गरी आज  २८औं महानगर दिवस मनाइरहेको छ ।

कार्यक्रम मनाउने क्रममा काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयसहित मतहतका सबै कार्यालय आज बन्द गरेको छ ।

महानगरले एक सातादेखि नै विभिन्न कार्यक्रम आयोजना गरी महानगर दिवस मनाइरहेको छ ।

जनप्रतिनिधि र कर्मचारीबीचको फुटबल, फोहोर वर्गीकरण गर्न सचेतना, निःशुल्क स्वास्थ्य शिविर जस्ता कार्यक्रम गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्