पाँचथरमा आगो तापिरहेकी वृद्धाको जलेर मृत्यु

न्युज कारखाना
  • ख-
  • ख+

फिदिम, २८ मंसिर । घरमा आगलागी हुँदा पाँचथरको  फिदिम नगरपालिका १३ लुङरुपाका एक वृद्धाको ज्यान गएको छ ।

९१ वर्षीया सुखरानी नेम्वाङको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगो तापिरहेको बेला शरीरमा आगो सल्केर नेम्वाङको बुधबार बिहान ८ बजेतिर निधन भएको हो ।  वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्