सुनकाे मूल्य एक हजारले बढ्याे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ मंसिर । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन  एक हजार रुपैयाँले बढेर प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन दुई सय रुपैयाँ घटेको सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँमा कारोबार भइरहेको थियो।

तेजाबी सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्