यी प्रदेशमा बदलीको सम्भावना

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २७ मंसिर।हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।  प्रदेश १, मधेश, बागमती र लुम्बिनीमा आंशिक बदली रहेको छ ।

दिउँसो प्रदेश १, मधेश र गण्डकीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको सम्भावना छ ।

बुधबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

तराईका केही भूभागमा बिहानीपख हुस्सु लाग्न थालेको छ । देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै गएको छ । चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्