फौजदारी अपराध कार्यविधि संशोधन अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ मंसिर । सरकारले फौजदारी अपराध कार्यविधि संशोधन अध्यादेश प्रमाणिकरण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

कांग्रेसभित्रै समेत अध्यादेशको विरोध भइरहे पनि सरकारले अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।

मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आवश्यकताअनुसार अध्यादेश पास गर्न लागेको बताए । अहिले मुलुकले स्थायित्व, शान्ति र सम्मृद्धि चाहेको र सोही अनुसार सरकारले काम गरिरहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्