कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

धनगढी, २५ मंसिर । कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । शनिबार राति भीमदत्त नगरपालिका-३ जनज्योति चोकबाट उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका ३ बस्ने २७ वर्षीय दिनेश कुँवर र सोही नगरपालिका ४ बस्ने ३८ वर्षीय अनिलसिंह रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कञ्चनपुरबाट खटिएको प्रहरीले दिनेशलाई १ ग्राम ९५ मिलिग्राम र अनिललाई ३ ग्राम ९ मिलिग्राम लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्