निर्वाचन आचारसंहिता भोलीबाट खारेज

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, मंसिर २५ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता भोलि देखि लागू नरहने निर्णय गरेको छ । आयोगले आज जनाएअनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि खारेज गरेको हो ।

उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्