छलफल र अन्तक्र्रियाले मात्रै महिला हिंसा घट्दैन- मन्त्री रेग्मी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ मंसिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले छलफल र अन्तक्र्रियाले मात्रै महिला हिंसा अन्त्यका प्रयास सफल हुन नसक्ने बताउनुभएको छ ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नेपाल प्रेस युनियन केन्द्रीय महिला बिभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले महिला हिंसा अन्त्यका लागि ३० बर्षदेखि छलफल मात्रै हुने गरेको भन्दै वास्तविक रुपमा नै हिंसा अन्त्य गर्नका लागि घर घर बाटै अभियान चलाउनुपर्ने बताउनुभएको हो ।

हिंसाको जरो घर भित्रै रहेकाले घरबाट नै हिंसा अन्त्यको अभियान सुरु गर्नुपर्ने उहाको भनाई छ । उहाले महिला हिंसा घर, समाज, कार्यालय, राजनीतिक दल लगाएत हर स्थानमा महिला हिंसा रहेकाले यो समस्या महिला वा राज्यले मात्रै समाधान गर्न नसक्ने धारणा राख्नुभयो ।

मन्त्री रेग्मीले हिंसा रोक्नका निम्ति सामाजिक जागरण ल्याउन पनि अनिवार्य भएको बताउनुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्