१ सय २० किलोग्राम गाँजा बरामद

न्युज कारखाना
  • ख-
  • ख+

उदयपुर, २५ मंसिर।।जिल्ला प्रहरी कार्यालय उदयपुरले १२० किलोग्राम गाँजा बरामद गरेको छ । कटारी नगरपालिका– ६ साँगुरीमा प्रहरीले ६ बोरा गाँजा बरामद गरेको हो ।

गाँजा बोकेका मान्छे भने फरार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक राकेशकुमार पोदारले जानकारी दिए ।

कटारी नगरपालिका– ६ साँगुरीमा प्रहरी चौकी रिस्कुबाट खटिएको गस्ती टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्ति गाँजा फालेर भाग्ने क्रममा सो गाँजा बरामद भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्