सिन्धुलीमा जङ्गली माहुरीको टोकाइबाट एक जनाको मृत्यु

न्युज कारखाना
  • ख-
  • ख+

सिन्धुली, २४ मंसिर । सिन्धुलीमा जङ्गली माहुरीको टोकाइबाट एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा कार्यरत वडा सचिव प्रेम बहादुर रायक्षेत्री रहेका छन् ।

सर्लाहीबाट हरिहरपुरगढी गाउँपालिका आउने क्रममा जङ्गली माहुरीको टोकाइबाट घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्