एमाले अध्यक्ष ओली र भारतीय राजदूतबीच भेटवार्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ मंसिर ।  भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । राजदूत श्रीवास्तव बुधबार बिहानै ओली भेट्न बालकोट पुगेका थिए ।

ओली र श्रीवास्तवबीच बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म भेटघाट भएको ओलीको सचिवालयले जनाएको छ । श्रीवास्तवले निर्वाचनपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग दुई पटक र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकपटक भेटिसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्