बैतडीमा घाँस काट्न गएकी महिलाको लडेर मृत्यु

न्युज कारखाना
  • ख-
  • ख+

धनगढी, २१ मंसिर । बैतडीमा पत्थरखानीबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–६ बांगाबगडको पत्थरखानी भीरबाट लडेर उनको मृत्यु भएको हो ।

बुधबार दिउँसो घाँस काट्न भीरमा गएकी अन्दाजी ६० वर्षीया गोमती साउँदको मृत्यु भएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यदु भट्टले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्