लागुऔषधसहित बर्दियाबाट दुई जना पक्राउ

न्युज कारखाना 
  • ख-
  • ख+

काठमाडौं, २१ मंसिर  । अवैध लागुऔषध ब्राउन सुगरसहित बर्दियाबाट दुई जना पक्राउ परेका छन् । मंगलबार बढैयाताल गाउँपालिका २ फुटाहाबाट १४ ग्राम ६३० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको प्रहरी चौकी जमुनीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ का २४ वर्षीय दीपेन्द्र बुढा र सोही नगरपालिका- ९ लाटीकोईलीका २२ वर्षीया कृपा बोहरा रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको भे. ५ प ६२०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई अवैध लागु औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्