काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ। आज नेप्से परिसूचक ४ अङ्कले बढेर २५९५.८१ विन्दुमा पुगेको हो।
आज कुल २७७ कम्पनीको सेयर कारोबार भएकामा १०५ कम्पनीको मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ। बाँकी ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
बजार बन्द हुँदा कुल ४ अर्ब ४६ करोड २४ लाख रुपैयाँ बराबरको १ करोड २७ लाख १९ हजार ७३४ कित्ता सेयर किनबेच भएको छ।
आज धौलागिरि लघुवित्तको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै, स्कोनो रिभरको मूल्य १३.९२ प्रतिशतले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २५ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। घलेम्दी हाइड्रो दोस्रो र साहस ऊर्जा तेस्रो स्थानमा रहेका छन्।
समूहगत रूपमा बैंकिङ र ट्रेडिङ उपसमूहमा एक प्रतिशतभन्दा बढी वृद्धि देखिएको छ। अन्य उपसमूहमा भने एक प्रतिशतभन्दा कम उतारचढाव देखिएको छ।










