जाँदाजाँदै निवर्तमान सभामुख सापकोटाले भनेका थिए– चाेलेन्द्रविरुद्धकाे प्रतिवेदन संसदमा पेश गर्नु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ मंसिर । प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्नीप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीशमाथि अध्ययन गर्न बनाइएको समितिको प्रतिवेदन संसदमा पेश गर्न निर्देशन दिएका थिए ।

उनले गत १ असोजमा संसदको महासचिवलाई प्रतिवेदन संसदमा पेश गर्ने व्यहोराको पत्र पठाएका थिए ।

चोलेन्द्रविरुद्ध संसदका ९८ जना सांसदले हस्ताक्षर गर्दै प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव गरेका थिए । एमाले र राप्रपाका सांसदहरूले भने परक मत राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्