२ असोज, काठमाडौं । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्वाचित भएका छन् । पार्टीको दोस्रो महाधिवेशन अन्तर्गत बिहीबार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष पदमा डा. राउतको मात्र उम्मेदवारी परेपछि उनि निर्विरोध भएका हुन् ।
अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदमा निर्वाचन हुने सम्भावना छ । जनमत पार्टीको दोश्रो महाधिवेशन आगामी असोज ९ र १० गते वीरगञ्जमा हुँदैछ ।
उम्मेदवारको प्रारम्भिक सूची अनुसार ७ जना उपाध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी परेको छ ।
उपाध्यक्ष पदमा वसन्तकुमार कुशवाहा (रौतहट), अनिता साह (धनुषा), अनिता मण्डल सिरहा, डा. जयकान्त राउत (सप्तरी) नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु) र माधवप्रसाद सिंह (पर्सा) को उम्मेदवारी परेको छ ।
सोही पदमा राजकुमार यादव त्यागी (सिरहा), डा. कमरुल्लाह अंसारी ( बारा), सञ्ज्यकुमार मिश्र (रुपन्देही), मदनेशकुमार चौधरी (सप्तरी), परमेश्वर मुर्मु (मोरङ), रोसन खातुन (बारा), हरपाल सिंह सोडी (बाँके) र मनोहरी देवी वैठा (सर्लाही) को उम्मेदवारी परेको छ ।
जनमत पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य सचीव राजेशकुमार मण्डलका अनुसार एक जना महासचिव पदमा ममता झा (सप्तरी), चन्दनकुमार सिंह (महोतरी) र संजयकुमार यादव (सिरहा)को उम्मेदवारी परेको छ ।
एक जना निर्वाचित हुने उप महासचिवमा निर्मलकुमार मण्डल सिरहा र ललितचन्द्र मल्लिक रौतहटको उम्मेदवारी परेको छ ।
७ जना निर्वाचित हुने सचिव पदमा १० जनाको उम्मेदवारी परेको छ ।
सन्तोषकुमार सहनी (धनुषा), सुरेन्द्र शर्मा मधेशी (सप्तरी ), हरेन्द्र चौधरी (रौतहट), अन्जनीदेवी (महोतरी), रोहित महतो (सिरहा), पारसप्रसाद साह (बारा), राधाकुमारी यादव (बाके), बाल गोविन्द चौधरी (नवलपरासी), वीरेन्द्र महतो ( जीवन त्यागी ) (महोतरी) र रामबाबु साह (बारा)को उम्मेदवारी सचिव पदमा परेको छ ।










