पार्टी एकताका लागि हदैसम्मको लचकता अपनाउँछु : गगन थापा

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सबै पक्षलाई समेटेर अघि बढ्न आफू हदैसम्म लचक हुन तयार रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार बोल्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर बृहत्तर हितका लागि लचकता अपनाउन निवर्तमान सभापति शेरबहादुर देउवापक्ष र सम्पूर्ण नेताहरूलाई आग्रह गरे ।

सभापति थापाले पार्टीका विभिन्न तहमा देखिएका मतभिन्नताहरूलाई पन्छाउँदै अबको महाधिवेशनलाई एउटा भव्य उत्सवको रूपमा सफल बनाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘अघिल्ला महाधिवेशनहरूमा भएका तिक्तता र मतभिन्नताहरूलाई बिर्सौँ। अबको महाधिवेशनमा सबै साथीहरूलाई समेटेर अघि बढ्नुको विकल्प छैन। यसका लागि सबैले केही न केही लचकता अपनाउनै पर्छ।’

उनले निवर्तमान सभापति देउवालाई पनि पार्टी एकतालाई बलियो बनाउन अग्रसरता लिन आग्रह गरे । थापाले भने, ‘हामी सबैको साझा घर कांग्रेस हो। यो पार्टीलाई बलियो र एकताबद्ध बनाउनु हाम्रो दायित्व हो। नेतृत्वले पनि सबै साथीहरूलाई समेट्ने गरी उचित व्यवस्थापन गर्नुपर्छ।’ उनले पार्टीको विधान र प्रक्रियाअनुसार सबैलाई अधिकार सुनिश्चित गर्दै लैजाने वातावरण बनाउन आफूहरू तयार रहेको पनि स्पष्ट पारे।

महामन्त्री थापाले अबको केही दिनभित्रै महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने बताउँदै, नेता तथा कार्यकर्ताहरूलाई आफ्नो ठाउँबाट पार्टी सुदृढीकरणमा लाग्न निर्देशन दिए।

उनले भने, ‘अहिलेको समय भनेको आरोप(प्रत्यारोप गर्ने होइन, बरु सङ्गठनलाई कसरी गतिशील बनाउने भन्ने हो। म सबै साथीहरूलाई आग्रह गर्दछु, अब हामीले एकढिक्का भएर महाधिवेशनको तयारीमा जुट्नुपर्छ।

थापाले पार्टीको बृहत्तर हितलाई केन्द्रमा राख्दै अघि बढ्न सके मात्र कांग्रेस आगामी दिनमा थप शक्तिशाली बन्ने दाबी गरे। उनले नेतृत्वलाई पनि सबैको भावना समेट्ने गरी अघि बढ्न र यस महाधिवेशनलाई ऐतिहासिक बनाउन आह्वान ग

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्