राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भुसालको फेसबुक अकाउन्ट ह्याक

खबर बुक
  • ख-
  • ख+

अर्घाखाँची २०, मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अर्घाखाँची प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिप्रसाद भुसालको फेसबुक अकाउन्ट ह्याक भएको छ ।

भर्खरै सम्पन्न आम निर्वाचनमा अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका भुसालको आधिकारिक फेसबुक अकाउन्ट ह्याक भएको हो ।

‘अर्घाखाँचीमा मतगणनाको अन्तिम परिणाम आउँदै थियो,’ भुसालले भने, ‘पटक-पटक फेसवुकले रिसेट पासवर्ड मागिरहेको थियो । अन्तत: फेसवुक अकाउन्ट नै डिसेवल भयो ।’

अकाउण्ट डिसेवल भएपछि बनाउने निकै प्रयास गरेको भए पनि आफू असफल भएको भुसालले बताएका छन् । ह्याक भइसकेपछि केही अस्लिल भिडियो पनि शेयर भएको बुझिएको भुसालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्