१४ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा विभिन्न स्थानमा आएको विपद्का घटनामा मृत्यु भएका ७६८ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाबाट ७६८ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा मात्रै २६४ जनाको शव भेटिएको छ।
यस्तै, पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हालसम्म २ हजार ७१५ जना घाइते तथा अन्य व्यक्तिको उद्धार गरिएको छ।
यस्तै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत १६० जना घाइते उपचारपछि घर फर्किएका छन्।










