प्रिक्वाटरफाइनलका अन्तिम खेल आज

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० मंसिर।।कतार फिफा विश्वकप अन्तर्गत मंगलबार दुई खेल आयोजना हुँदैछन् ।

पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । इजुकेसन सिटी मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

राति पौने एक बजे पोर्चुगल र स्विट्जरल्यान्ड आमनेसामने हुनेछन् । खेल लुसेल मैदानमा हुने तालिका छ । दुई खेलका विजेता सेमिफाइनल प्रवेशका लागि खेल्नेछन् ।

यस खेलसँगै प्रिक्वाटरफाइनलका खेल समाप्त हुनेछन् । यसअघि विजयी हुँदै क्रोएसिया, ब्राजिल, नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्ड अन्तिम आठमा प्रवेश गरिसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्