काठमाडौँ । सभामुख डोलकुमार अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले बुधबारको प्रतिनिधि सभाको बैठकमा बोलेका असंसदीय अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
सांसद राईले बैठकमा ‘सभामुखज्यू तपाई कान सुन्नुहुन्छ कि हुन्न ?’ भन्ने अभिव्यक्ति व्यक्त गरेका थिए ।
उनको त्यही अभिव्यक्तिका कारण पक्ष विपक्षमा बहस हुँदा प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित पनि भएको थियो ।
स्थगित भएको बैठक सुरु भएपछि सभामुख अर्यालले राईको त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्










