काठमाडौं : बाँकेस्थित राप्ती नदी किनारमा दुई जनाको शव फेला परेको छ ।
राप्तीसोनारी गाउँपालिका ६ डाँडाटपरीकी २२ वर्षीया कञ्चन थारू र १३ वर्षीया अर्पणा थारूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरीक्षक घर्तीका अनुसार उनीहरु शनिबार बयर खान जंगल जाँदै गर्दा राप्ती नदी तर्ने क्रममा बेपत्ता भएका हुन् ।
बेपत्ता भएका उनीहरुको खोजीगर्ने क्रममा आइतबार दिउँसो मात्र राप्तीसोनारी गाउँपालिका–६ अन्तर्गत खल्लाटपरीमा शव भटिएको हो ।






