३ जेठ, काठमाडौं । कुवेत एयरवेजले पश्चिम एसिया युद्धपछि रोकिएको काठमाडौं- कुवेत उडान साताको दुई उडान गरी पुनः सुरु गर्ने जनाएको छ।
कुवेत एयरवेजले मंगलबार र बिहीबार उडान गर्ने तालिका सार्वजनिक गरेको छ र न्यूनतम भाडा ९ सय ११ अमेरिकी डलर तोकेको छ।
कुवेतमा धेरै नेपाली कामदार रहेका कारण उडान पुनः सुरु हुनुले उनीहरूको आवतजावतमा सहजता आउने छ।











