मन्त्रालयले सोध्यो जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका निर्देशकलाई स्पष्टीकरण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक डा। भीमप्रसाद सापकोटा र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले उनीहरुलाई स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्तिका विषयमा स्पष्टीकरण सोधेको हो ।

स्वास्थ्य बीमा बोर्डको सदस्यको नियुक्ति र सदस्यको बैठकमा उपस्थितिलगायतका विषयमा सञ्चारमाध्यममा आएको विषयमा मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक सापकोटा र कार्यकारी निर्देशक पौडेललाई तीन दिने स्पष्टीकरण सोधेको हो ।

सञ्चारमाध्यममा स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्तिबारे माइन्युटका विषयहरू, निर्णय र उपस्थितिसँग सम्बन्धित कागजात मिलाउने काममा कर्मचारीहरूकै भूमिका रहेको सार्वजनिक भएको थियो ।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत दिपेन्द्र दहालद्वारा हस्ताक्षरित पत्रमा सापकोटा र पौडेललाई उक्त विषयमा संलग्नता र भूमिका रहे–नरहेको र के–कति कारणले यस्तो भएको हो भन्ने बारेमा तीन दिनभित्र जवाफ मन्त्रालयमा पेस गर्न भनिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्