काठमाण्डौं, २७ चैत । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सुन २ हजार २०० रुपैयाँले बढेर आज तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ८५ रुपैयाँले बढेर तोलाको ४ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ हिजो तोलाको ४ हजार ८७५ रुपैयाँ थियो











