आइपिएल : राजस्थानसँग मुम्बई २७ रनले पराजित

खबर बुक
  • ख-
  • ख+

२५ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) खेलमा राजस्थान रोयल्सले शानदार जित हात पारेको छ । 

मंगलबार गुवाहाटीमा भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई २७ रनको पराजित गरेको हो । राजस्थानको यो लगातार तेस्रो जित हो ।

वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ३ विकेटको क्षतिमा १५० रन बनाएको थियो । 

राजस्थानका लागि ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले शानदार ब्याटिङ गरेका थिए । जैसवालले ३२ बलमा ७७ रन बनायो । अर्का ओपनर सूर्यवंशीले मात्र १४ बलको सामना गर्दा पाँच छक्कासहित ३९ रन बनाए ।

१५१ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले निर्धारित ११ ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्र बनाएको थियो ।  

तेस्रो जितसँगै राजस्थान रोयल्स ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्