गृहमन्त्रीद्धारा बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्रको अवलोकन

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २४ चैत। गृहमन्त्री सुधन गुरुङले बीपी राजमार्ग अन्तर्गत रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्रीले दिउँसो बाढीका कारण स्थानीयले भोग्दै आएको समस्याबारे प्रत्यक्ष अवलोकनका लागि पुगेका हुन् ।

वर्षायाममा हरेक वर्ष बाढी आउने हुँदा बीपी राजमार्गको रोशी खोला आसपासमा विभिन्न क्षेत्रमा समस्या बढ्दै गएको गुनासो आउने गरेको थियो । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको संगमस्थलमा पर्ने चौकीडाँडा पुगेर मंगलबार गृहमन्त्री गुरुङले अवलोकन गरेका हुन् ।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गरे ।

यस्तै, उनलाई नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइवा लगायतले स्वागत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्