कांग्रेसको १५औँ महाधिवेशन आगामी भदौमा गर्न प्रस्ताव

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौँ, १० चैत । नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी भदौमा गर्न प्रस्ताव गरिएको छ। आज सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा महाधिवेशन आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने गरी सभापति गगन थापाले कार्यतालिका प्रस्ताव गरेका हुन्।

त्यसका लागि चैत २१ गतेदेखि चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान संचालन गरिने प्रस्ताव गरिएको छ।

०८३ असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली निर्वाचन समितिलाई बुझाइने कार्यतालिकामा उल्लेख छ। आगामी साउन मसान्तभित्र पार्टीको नेपाली जनसम्पर्क समितिको अधिवेशन गरिसक्ने प्रस्ताव गरिएको छ।

गाउँ नगर वडा अधिवेशन साउन ६ गते एकैपटक, गाँउ(नगरपालिका अधिवेशन साउन १२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २३ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन साउन ३० गते गर्ने प्रस्ताव कार्यतालिकामा गरिएको छ।
जिल्ला अधिवेशनहरु भदौ ६ र ७ तथा प्रदेश अधिवेशन भदौ १५ र १६ गते गर्ने प्रस्ताव गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्