काठमाण्डौं, ७ चैत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगञ्जस्थित नारायणी रंगशालामा जारी कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल वर्षाका कारण बीचमै रोकिएको छ।
लुम्बिनी प्रदेशले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो ।
यस संस्करणको प्रधानमन्त्री कप मधेश प्रदेशका दुई र काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ। प्रतियोगिताका १९ खेल वीरगञ्जमा, १७ खेल जनकपुरमा र १० खेल मुलपानीमा हुने तालिका रहेको नेपाल क्रिकेट संघ (क्यान) मधेश प्रदेशका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिए।












