आर्मीलाई हराउदै जय ट्रफीको उपाधि पुलिसले जित्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ चैत । जय ट्रफी क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। आज सम्पन्न फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले उपाधि रक्षा गरेको हो। पुलिसले गत संस्करणको फाइनलमा पनि आर्मीलाई नै हराएर उपाधि जितेको थियो ।

आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले तेस्रो दिनको तेस्रो सत्रमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

पुलिसलाई उपाधि दिलाउन राशिद खानले सर्वाधिक ८१ रन बनाए । यस्तै, कुशल भुर्तेलले ५१ रन जोडे । दिलसाद अली ३१ रनमा अविजित रहँदा दिनेश खरेलले २५ रन जोडे।

आर्मीका लागि पवन कार्की र शाहब आलमले २–२ विकेट लिँदा आकाश चन्द र भीम सार्कीले एक–एक विकेट लिए ।

दोस्रो दिनको समाप्तिमा १७८ रनको अग्रता बनाएको आर्मीले तेस्रो दिन थप ४८ रन जोड्यो ।

आर्मीको २२१ रनको पहिलो इनिङ पछ्याउने क्रममा पुलिसले पनि समान २२१ रन बनाउँदै अलआउट भएको थियो। दोस्रो इनिङ थालेको आर्मीले दोस्रो इनिङमा २२६ रन बनाएर अलआउट भएको थियो।

आर्मीका लागि आकाश चन्दले ३७ रन बनाउँदा कुशल मल्लले ३६, शाहब आलमले ३३ तथा भीम सार्कीले ३२ रन बनाए। यस्तै, सोमपाल कामी २३ रनमा अविजित रहँदा तृतराज दासले २० तथा इमरान शेखले १५ रन जोडे।

पुलिसका लागि सागर ढकालले ४ विकेट लिँदा र ललित राजवंशी र करण केसीले समान ३–३ विकेट लिए ।

त्यसअघि नेपाल पुलिस क्लब पहिलो इनिङमा ६१।४ ओभर खेलेर २२१ रन बनाउँदै अलआउट भएको थियो। आर्मीले पनि पहिलो इनिङमा २२१ रन बनाएपछि पुलिसको अग्रता भएन।

पुलिसका लागि करण केसीले अविजित ७२ रन बनाए। कप्तान आरिफ शेखले ४४ रन बनाउँदा ललित राजवंशीले २०, कुशल भुर्तेलले १८ तथा दिनेश खरेलले १७ रन जोडे।

आर्मीका सोमपाल कामीले ५ विकेट लिए भने आकाश चन्दले २ विकेट तथा शाहब आलम, पवन कार्की, नरेन साउदले समान १–१ विकेट लिए ।

आर्मीले पहिलो इनिङमा ५८।२ ओभर खेल्दै २२१ रन बनाएर अलआउट भएको थियो। इमरान शेखले सर्वाधिक ५० रन बनाए। यस्तै, भीम सार्कीले ३९, कुशल मल्लले ३८, तृतराज दासले ३२ र बसिर अहमदले ३० रन जोडे।

यस्तै पुलिसका राशिद खानले ४ विकेट लिए भने करण केसी र ललित राजवंशीले समान ३–३ विकेट लिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्