इजरायलमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १६ फागुन । मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रम र बढ्दो सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै इजरायलको तेल अविवस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

दूतावासले मध्यपूर्वको अवस्थालाई सूक्ष्म रूपमा नियालिरहेको जनाउँदै सुरक्षित रहन शनिबार एक एडभाइजरीमार्फत अपिल गरेको हो ।

नेपाली नागरिकहरूलाई सकेसम्म घरभित्रै सुरक्षित रहन, चनाखो बन्न र आफू रहेको स्थानमा अन्य नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन सुझाइएको छ । साथै सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थान वा तोकिएका बङ्कर (सेल्टर) को नजिकै रहन पनि दूतावासले आग्रह गरेको छ ।

यसैगरी दूतावासले सम्बन्धित इजरायली निकायको पूर्वस्वीकृतिबिना कुनै पनि यात्रा नगर्न निर्देशन दिएको छ । परिस्थितिको सही जानकारी पाउनका लागि स्थानीय समाचार, आधिकारिक सूचना तथा आपतकालीन अलर्टहरूको निरन्तर निगरानी गर्न पनि सूचनामा उल्लेख गरिएको छ ।

शनिबार इजरायल र अमेरिकाले संयुक्त रुपमा इरानमा हमला गरेपछि त्यसको असर मध्यपूर्वका विभिन्न देशमा पनि परेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्