नेपालले आफ्नो अन्तिम खेल आज स्कटल्यान्डसँग खेल्दै

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ५ फागुन । जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ ।
खेल भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका सवा ७ बजेदेखि शुरु हुनेछ ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन, दोस्रो खेलमा इटालीसँग १० विकेटले र तेश्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो । नेपाल समूह चरणबाट बाहिरिसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्