काठमाडौं, २९ माघ । जारी आईसीसी टी–२० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा आज इटलीसँग खेल्दैछ । पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जीत निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
नेपाल र इटालीको खेल मुम्बईको वानखेड़े स्टेडियममा दिउँसो सवा ३ बजे शुरू हुनेछ । यसअघि गएको आइतवार भएको पहिलो खेलमा इङ्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल ४ रनले पराजित भएको थियो ।











