चुनावी कार्यक्रममा सहभागि हुन रास्वपाका सभापति लामिछाने रुपन्देहीमा

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनाव प्रचार प्रसारका लागि रुपन्देही पुगेका छन् । लामिछाने आइतबार साँझ रुपन्देही पुगेका हुन् ।

आज उनी रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा पुग्ने कार्यक्रम तय भएको छ ।

बिहान ८ बजे रुपन्देही १ को देवदह खैरेनीबाट उनको जनसम्पर्क कार्यक्रम शुरु भएको पार्टीले जनाएको छ । दिनभर ५ वटा क्षेत्रका २६ स्थानमा पुगेर साँझ क्षेत्र नं ५ मा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिरमा पुग्ने कार्यक्रम रहेको रास्वपा रुपन्देहीका सभापति डा। बुद्धिप्रसाद शर्माले जानकारी दिए ।

बिहान ११ बजे क्षेत्र नं ३ को भैरहवा, १ बजे क्षेत्र नं ४ को कोटहीमाई मर्चवार क्षेत्रमा, २ बजे क्षेत्र नं ५ को पर्सहवामा, सवा ३ बजे क्षेत्र नं २ को मोतिपुर, बुटवल हुँदै नयाँगाउँ, सालझण्डी हुँदै सवा ६ बजे बुद्धजन्मस्थल लुम्बिनी पुग्ने कार्यक्रम तय भएको शर्माले बताए ।

रास्वपा ५ वटा निर्वाचन क्षेत्रका २६ स्थानमा पुग्ने कार्यक्रम तय भए पनि धेरै ठाउँमा सम्बोधन नगर्ने र केही केही स्थानमा मात्रै सम्बोधन हुनसक्ने शर्माले बताए ।

रुपन्देहीका कार्यक्रम सकेर लामिछाने आज राति कपिलवस्तु जाने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्