टी–२० विश्वकपः नेपालले आज अन्तिम अभ्यास खेल क्यानडासँग खेल्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ माघ । आइसीसी टी–२० विश्वकप अन्तर्गत दोस्रो तथा अन्तिम अभ्यास खेलमा आज नेपालले क्यानडासँग खेल्दै छ । खेल भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा दिउँसो सवा ३ बजेदेखि शुरु हुने छ।

नेपालले यस अघि पहिलो अभ्यास खेलमा युएईलाई ७ विकेटले पराजित गरेको थियो। यस खेलमा दीपेन्द्र सिंह ऐरी र आसिफ शेखले अर्थशतक बनाएका थिए।

नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकपमा तेस्रो पटक सहभागी हुदै छ। आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ।

नेपालको समूह स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन्। नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इङल्यान्डसँग खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग खेल्ने छ।

नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्