साफ यू– १९ महिला च्याम्पियनसीपमा आज दुई खेल हुँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ माघ । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन्।

पहिलो खेल बङ्गलादेश र भारतकाबीच दिउँसो १२ बजे हुनेछ। यसैगरी घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल र भूटान दुबैले यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्