पूजाको कप्तानीमा नेपालले एसिया कप खेल्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १७ माघ । नेपालले पूजा महतोको कप्तानीमा एसिसी एसिया कप राइजिङ स्टार्स खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पूजाको कप्तानीमा एसिया कप खेल्ने टोली घोषणा गरेको हो । कप्तान इन्दु बर्मा घाइते भएका कारण उपकप्तान पूजालाई कप्तानको जिम्मेवारी दिइएको हो ।

थाइल्यान्डमा हुने प्रतियोगितामा नेपालले फेब्रुअरी १३ मा पाकिस्तान ‘ए’, फेब्रुअरी १५ मा युएई र फेब्रुअरी १७ मा भारत ‘ए’सँग खेल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्