यू १९ महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्ने

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १७ माघ । यू १९ महिला साफ च्याम्पियनसिप फुटबल आदेखि शुरु हुँदैछ । पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा बंगलादेश र भुटान तथा दोस्रो खेल नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।

उद्घाटन खेल बंगलादेश र भुटानका बीच दिउँसो १२ बजे हुनेछ । यसैगरी आयोजक नेपालले दिउँसो ३ बजे भारतसँग प्रतिस्पर्धा गर्नेछ । हिजो भएको प्रिम्याच कन्फ्रेन्समा चारै देशका प्रशिक्षक र टोलीका कप्तानले टोलीका युवा खेलाडीबाट राम्रो खेलको अपेक्षा गरिएको र उपाधि जित्ने योजना रहेको सुनाए ।

दक्षिण एसियाली फुटबल महासंघ साफको समन्वय तथा अखिल नेपाल फुटबल महासंघ एन्फाको आयोजनामा हुने प्रतियोगिता राउण्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछ । लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्