काठमाडौँ, ४ माघ । राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्दैछ । जसअनुसार मध्यान्ह सवा १२ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
सिंहदरबार स्थित समितिको कार्यालयमा बस्ने बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुने तालिका छ ।
यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१(०८२ माथि छलफल हुनेछ ।












