काठमाडौँ, १ माघ । हाल देशमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी पहाडी तथा हिमाली भू(भागमा मौसम मुख्यतया सफा रहेको छ।
तराई भूभागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका तराई भूभागमा बिहानीपख लाग्ने हुस्सु कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।












