काठमाण्डौं, २४ पुस । दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । बैतडीको डिलासैनी गाउँपालिका–३ सिमार बस्ने २४ वर्षकी झुपा राना आफ्नो घरदेखि १ किलो मिटर टाढा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ चौड स्थित हिजो माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी थिइन्।
उनको उपचारको क्रममा गोकुलेश्वर अस्पताल गोकुलेश्वर, चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी जनाएको छ।










