काठमाण्डौबाट हेटौँडा जाँदै गरेको सुमो भीमफेदीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २१ पुस । हेटौँडा–काठमाण्डौ जोड्ने भीमफेदी–कुलेखानी–काठमाण्डौ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका—६ जुरीखेतमा हिजो बेलुकी भएको सुमो गाडी दुर्घटनामा ६ जनाको मुत्यु भएको छ ।

काठमाण्डौबाट हेटौँडाको लागि छुटेको ना १ ज १७७८ नम्बरको सुमो गाडी दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये ६ जनाको उपचारका क्रममा मुत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मुत्यु हुनेहरुमा भारतको बिहार राज्य पटना बस्ने वर्ष ४२ को रजनिस कुमार, मकवानपुर हेटौडा उपमहानगरपालिका ४ कमलडाँडा बस्ने वर्ष ४० की सबिता लम्साल, हेटौडा उपमहानगरपालिका( २ कान्तिराजपथ बस्ने वर्ष ९ को निखिल अग्रवाल, भारत बिहार राज्यकै बेगुसराई बस्ने वर्ष ४९ र ५० को अरबिन्द कुमार, नाम नखुलेको वर्ष ३६ र ४० को पुरुष रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो । घाइते ३ जनाको भने हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाडी सडकबाट करिब १०० तल खोल्सामा खसेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्