काठमाडौँ, २१ पुस । नेपाली कांग्रेसले सोमबार कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । महाधिवेशन समय तालिकाको विवादले पार्टी फुटसम्मको बहस हुन थालेपछि मध्यमार्गी बाटो खोज्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।
आज दिउँसो १ बजे बस्ने गरी कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले १५ औँ महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशनको विकल्पमा अगाडी बढेपछि कांग्रेसमा विवाद बढ्दै गएको हो ।











