काठमाडौं, १८ पुस । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक शुक्रबार बस्ने भएको छ । बैठक दिउँसो ३ बजे पार्टी मुख्यालय सानेपामा बस्ने भएको हो ।
पुस २६ देखि निर्धारण गरिएको कांग्रेसको १५औँ नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ । यसै सन्दर्भमा विहीबार साँझ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति निकाल्दै नियमित महाधिवेशन स्थगित गरेको घोषणा गरेका छन् । साथै विशेष महाधिवेशन आव्हान गरेका छन् ।
आजको बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूको सहभागि हुने छन् ।










