कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १४ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार तराई भू(भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ।

देशको पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

देशका तराई भू(भागमा हुस्सु र कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्