कांग्रेसले सोमबार आयोगमा समानूपातिक सूचि बुझाउने

खबर बुक
  • ख-
  • ख+

नेपाली कांग्रेसले सोमबार निर्वाचन आयोगमा समानूपातिक सूचि बुझाउने भएको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकमा समानुपातिक उम्मेदवार चयनबारे छलफल भएको र सोमबारसम्म टुङ्गो लगाएर आयोगमा बुझाइने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । कार्यसम्पादन समितिले प्रदेशका नेताहरु छलफल गरेको र छलफलका आधारमा सूची बनाएर सोमबार आयोगमा बुझाइने उनले बताए । उनले समानूपातिक सूचि बुझाउनुपर्ने भएकाले आइतबारको बैठक त्यसमा केन्द्रीत भएको जानकारी दिए।

त्यस्तै प्रवक्ता महतले रास्वपा र बालेन शाहबीच भएको एकताको सहमतिले खासै प्रभाव नपर्ने बताउनुभयो । रवि लामिछाने र बालेनको बारेमा धेरै ठूलो प्रश्न उठेकाले जनताले मूल्याङ्नक गरिरहेको उहाले बताए । .

प्रवक्ता महतले अहिले पनि पुराना दलमा कांग्रेस नै विश्वसनीय पार्टी भएको दावी गरे । रवि लामिछाने र बालेनमाथि उठेका प्रश्न गम्भीर रहेकाले उनीहरुले मिलेकोमा आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्