कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठक आज केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने भएको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

साथै महाधिवेशन तयारी र क्रियाशील सदस्य विवादका बारेमा पनि समाधान खोजिने नेताहरूले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्